देश विदेश

भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

शेयर गर्नुहोस्

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटघाट गरेका छन्। आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले नितिशकुमारलाई भेटेको जानकारी गराएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘विहारका मुख्यमन्त्रीसँग न्यानो र सौहार्दपूर्ण भेट भएको छ।’ उनले नेपाल र भारतबीचको मित्रता र सहकार्य सुदृढिकरण हुने पनि बताएका छन्।

नेपालको पूर्वी- दक्षिणी सीमासँग जोडिएको विहार राज्यका मुख्यमन्त्रीसँगको भेटघाटले सीमावर्ती क्षेत्रमा सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको छ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपहार दिएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *