देश विदेश

एपिएफ र न्यु डायमन्डको जित

शेयर गर्नुहोस्

टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संघर्षपूर्ण जित निकाल्दा नेपाल पुलिस भने न्यु डायमन्ड एकेडेमीसँग सोझो सेटमा पराजित भएको छ। एपिएफसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुँदै आर्मी क्लब प्रतियोगिताबाट बाहिरियो।

प्रतियोगिताको पहिलो सेट आर्मीले २५–१८ आफ्नो पक्षमा पा¥यो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट एपिएफले २७–२५ ले आफ्नो बनायोे। तेस्रो सेट पनि २५–१७ ले एपिएफको कब्जामा पुग्यो। चौथो सेटमा आइपुग्दा आर्मी खेलमा फर्कियो। आर्मीले २५–२० मा सेट आफ्नो बनाउँदा खेल रोमाञ्चक बन्यो। १५–७ को नतिजाका साथ निर्णायक पाँचाैं सेट एपिएफको पक्षमा पुग्यो।

महिलातर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमन्ड एकेडेमीले उपाधिमा दाबेदारी देखायो। निकै प्रतिस्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्‍यो। तर दोस्रो सेट भने पुलिससँग प्रतिस्पर्धात्मक रूपमा गुमायो। २९–३१ मा पुलिसलाई सेट सुम्पिएको डायमन्डले तेस्रो र चौथो सेट लगातार जित्दै नेपाली भलिबलमा आफ्नो छविलाई उचाइमा पुर्‍यायो। तेस्रो सेट २७–२५ र चौथो सेट भने २५–१६ मा जित्दै न्यु डायमन्डले उपाधियात्रा बलियो बनायो। पुरुषतर्फको विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि होडलाई रोमाञ्चक बनाएको छ।

गण्डकी प्रदेशसँग ३–१ सेटले पराजित भएको आर्मीले एपिएफलाई सोझो सेटले पराजित गर्दै ३ अंक जोड्यो। एपिएफमाथि हाबी आर्मीले प्रतिस्पर्धात्मक रूपमा पहिलो सेट ५–२३ ले जित्यो। दोस्रो सेट भने २५–२१ मा जितेको आर्मीले तेस्रो सेट भने २५–१८ मै टुंग्याउँदै एपिएफको चुनौतीलाई सहज पन्छायो।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *