देश विदेश

कांग्रेसले भन्यो,भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर

शेयर गर्नुहोस्

माघ ३०, काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको दोगडाकेंदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । शुक्रबार कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर्न माग गरेको हो ।

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोश्रो साता हुँदा समेत पक्राउ नपर्नु,उनको शव अस्पतालमा रहनु र परिवारले पिदामाठी पिडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुखद र गम्भीर रूपमा लिएको जनाएको छ ।

काँग्रेसले प्रधनमन्त्रीसँग उक्त घटनाको अनुसन्धान तिब्र बनाउँन,दोषीलाई अविलम्ब पक्राउ गर्न,देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेको छ । यस्ता घटनाले सरकारको उदासीनतालाई प्रकट गरेको र अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको कांग्रेसको ठहर छ ।

कांग्रेसले बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं भागरथीका परिवारसंग भेट गर्न केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको छ ।

‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा सलग्नहरु कानूनको कठघराभन्दा बाहिर छन्, विज्ञप्तिमा भनिएको छ, ‘महिला उपर हिसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जादा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ।’

No description available.
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *