देश विदेश

भारतले सित्तैमा दिन खोज्दा पनि कुनै देशले कोरोना भ्याक्सिन लिन मानेनन्

शेयर गर्नुहोस्

काठमाडौं। भारतले सित्तैमा दिन खोज्दा पनि कुनै पनि देशले कोरोना भ्याक्सिन लिन मानेका छैनन् । भारत–बायोटेकले बनाएको कोभ्याक्सिन अन्य देशले लिन नमानेका हुन् । भारतले ८ देशलाई कोभ्याक्सिनको ८ लाख १० हजार डोज दिन खोजेको थियो । तर, अहिलेसम्म म्यानमारले मात्रै २ लाख डोज लिएको छ । अन्य देशले भ्याक्सिन लिन मानेका छैनन् । भारतले अनुदानमा म्यानमार, मंगोलिया, ओमान, बहराइन, फिलिपिन्स, माल्दिभ्स र मौरिससलाई भ्याक्सिन दिने तयारी गरेको थियो तर म्यानमारबाहेक अरुले लिन मानेका छैनन् ।

केन्द्रीय स्वास्थ्य मन्त्री हर्ष वर्धन, विदेशमन्त्री एस जयशंकर र एमओएस फार्मास्युटिकल्सका मनसुख मंडावियाबीच १८ जनवरीमा भएको उच्चस्तरीय बैठकपछि यो निर्णय गरिएको थियो । यसअघि कोभ्याक्सिन निर्माता कम्पनी भारत बायोटेक इन्टरनेशनल लिमिटेडलाई १५ जनवरीमा र्एक ज्ञापनमार्फत विदेश मन्त्रालयले ८.१ लाख डोज किन्ने सूचना दिइएको थियो । विदेश मन्त्रालयका अनुसार यो खरिद २२ जनवरीपछि सुरु हुनुपर्ने थियो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार भारतले अहिलेसम्म ६४.७ लाख डोज भ्याक्सिन अन्य देशहरुलाई अनुदानमा दिएको छ । १६५ लाख डोज भने बेचेको छ । अनुदानमा दिइएको ६४.७ लाख डोजमध्ये २ लाख डोज मात्रै कोभ्याक्सिन हो जुन म्यानमारले लिएको छ । बाँकी सबै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेर सिरम इन्स्टिच्युटमा उत्पादन भएको कोभिशिल्ड हो । एक महिना बितिसक्दा पनि भारत बायोटेकको भ्याक्सिन लिन कुनै देश तयार छैनन् । कोभ्याक्सिनको तेस्रो फेजबो ट्रायल अझै बाँकी छ त्यसैले पनि यो भ्याक्सिन कसैले लिन नचाहेका हुन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *