देश विदेश

प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै

शेयर गर्नुहोस्

फागुन १, बुटवल । संसद बिघटनसँगै दुईतिर छुट्टिएका नेकपाका प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै छ । शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।

देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

यस अघि प्रचण्ड-नेपाल समुहले २८ माघमा काठमाडौंमा गरेको जनसभामा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

त्यसो त माघ २८ अघि माघ ९ गते प्रचण्ड-माधव समूहले गरेको आमसभालाई लक्षित गर्दै आमसभा कस्तो हुन्छ माघ २३ गते हेर्न आउन भन्दै कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीलेनै सुरु गरेका थिए ।

माघ २३ गते भन्दा ठूलो आमसभा माघ २८ मा प्रचण्ड-माधब समुहले गरेपछि सोहि आमसभामा बोल्ने क्रममा प्रचण्डले माघ २३ गते भएको आमसभालाई लक्षित गर्दै आमसभा कस्तो हुन्छ देख्नुभयो ? भन्दै प्रश्न गरेका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *