देश विदेश

श्रीमानले ‘लाइक’ गरेका केटीहरुको फोटो प्रिन्ट गरेर श्रीमतीले दिइन् भ्यालेन्टाइन गिफ्ट

शेयर गर्नुहोस्

एक महिलाको टिकटक भिडियो भाइरल भएको छ । उनले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना श्रीमानलाई अनौठो गिफ्ट दिएपछि उनी चर्चामा छिन् । खासमा ती महिलाले आफ्ना श्रीमानलाई ती सबै युवतीका फोटोहरु प्रिन्ट गरेर उपहारको रुपमा दिइन् जुन फोटोहरु उनका श्रीमानले इन्स्टाग्राममा लाइक गरेका थिए । महिलाले आफूले श्रीमानलाई गिफ्ट दिँदै गर्दाको भिडियो पनि पोस्ट गरेकी छिन् ।

@gr93laI have a sense of humor with my man! I don’t know about y’all but I thought this was the perfect gift 🤣 He loved it 😘 ##gorgeousgirls ##fyp ##joke

♬ original sound – Gloria

डेलीमेलको रिपोर्टअनुसार ग्लोरिया नामकी यी टिकटक युजर अमेरिकाकी हुन् । उनले श्रीमानलाई भ्यालेन्टाइन डेमा अनौठो गिफ्ट दिएको भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् ‘तपाइँले आफ्ना पति ब्वाइफ्रेण्डलाई के गिफ्ट दिनुभयो ?’ ग्लोरियाले पहिले ती सबै युवतीका फोटोहरु इन्स्टाग्रामबाट डाउनलोड गरिन् जसलाई उनका श्रीमानले लाइक गरेका थिए त्यसपछि सबै फोटो प्रिन्ट गरिन् ।

@gr93laWhat did you gets get your man for Valentine’s Day ?😁 ##fyp ##valentinesday ##messytiktok ##couplegoals ##crazy ##fypシ

♬ Bust Your Windows – Glee Cast

सामाजिक संजालमा धेरै युजरहरुले ग्लोरियाको तारिफ गरेका छन् । कैयौंले प्रश्न पनि उठाएका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै उनले आफ्ना श्रीमानको प्रतिक्रिया पनि पोस्ट गर्नुपर्ने बताएका छन् । अर्का एक जनाले उनका श्रीमानलाई यो गिफ्ट मन पर्यो होला भनेका छन् । एकले भने प्रश्न उठाउँदै के पतिले अरु कसैको फोटो लाइक गर्न पाउँदैनन् भनेर सोधेका छन् । पछि ग्लोरियाले अर्को भिडियो पोस्ट गर्दै श्रीमानको प्रतिक्रिया पनि देखाएकी छिन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *