देश विदेश

कोरोनाले थलिएका व्यवसायी उत्थानका लागि हानले सरकारसँग माग्यो सहयोग

शेयर गर्नुहोस्

काठमाडौं। विश्वको अर्थतन्त्रलाई असर गर्ने गरी विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालको व्यवसाय क्षेत्र पनि डमाडोल भएको छ। देशका विभिन्न शहरमा रहेर व्यवसाय गर्दै आएका नेपालका प्राय व्यवसायीहरु कोरोनाका कारण घाटामा गएको व्यवसायलाई माथि उठाउन हम्मेहम्मे परेको बताउँदै आएका छन्।

यसै कुरालाई मध्यनजर गर्दै होटल एसोशिएसन नेपाल (हान) ले भर्खरै मात्र सरकारलाई १४ बुँदे मागपत्र बुझाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको उक्त मागहरु पूरा गर्नु पर्ने नत्र भने त्यसले पर्यटन क्षेत्र, सरकार र सबैलाई ठूलो घाटा हुने हानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले बताएका छन्।

उनले भने, ‘नाजायज माघहरु हामीले राखेका छैनौं र पर्यटन क्षेत्रको समस्या पर्यटन मन्त्रालय नै हेनुपर्छ।’ गत बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई भेटि हानका प्रतिनिधिहरुले १४ बुँदे मागपत्र बुझाएका थिए।

कोरोनाका कारण १० महिनादेखि बन्द भएका होटल व्यवसायको क्षेत्र निकै आप्ठ्यारो अवस्थामा पुगेको भन्दै हानले सो क्षेत्रको वास्तविकता बुझी सोहीबमोजिम सहयोग गरिदिन पर्यटनमन्त्रीसँग माग गरेको थियो।

महतका अनुसार कोरोनाका कारण व्यापार व्यवसाय नहुँदा बैंकिङ ब्याजदर किस्ता चलाउन नसकेको, भाडामा समस्या भएको, विद्युत महशुल तिर्न कठिन भएको र कर्मचारीलाई तलबसमेत खुवाउन नसकिने अवस्था बनेको भन्दै सो समस्या समाधनमा सहयोग गरिदिन हानले मन्त्रीसमक्ष आग्रह गरेको हो।

होटल व्यवसाय बन्द हुँदा आम्दानी शून्य रहेको समयमा अधिकतम खर्च कर्मचारीहरुको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीहरुलाई नियमित भुक्तानी भइरहेकोले ऋणमाथि ऋण थपिएको स्मरण गराउँदै अबका दिनमा कसरी कर्मचारीको व्यवस्थापन गर्ने भन्ने समस्या रहेकोले सरकारी सहयोग र समन्वयको आवश्यकता औल्याइएको हानको भनाइ छ।

हानले सरकारलाई बुझाएका माघहरुमा व्यवसाय स्थापना, सञ्चालन तथा स्तरीकरण गर्न बैंकबाट लिइएका विभिन्न शीर्षकका ऋणको ब्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा, छुट तथा भुक्तानीको समय सीमा थपिदिन र लकडाउनभर विद्युत् सञ्चालनमा नरहेको समयको पुरै छुटको व्यवस्था गरिदिन समेत उल्लेख गरिएको छ।

अहिले होटल व्यवसाय खुल्ला गरिए पनि व्यापारका रुपमा प्रायःहोटलहरु बन्द नै रहेको भन्दै कोरोनाको विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भवना देखिएको हानले जनाएको छ।

साथै, बिजुलीको महसुल तिर्ने समय सीमा एक वर्षका लागि पछाडी सारिदिन र व्यवसाय पूर्णरुपमा लयमा नफर्किदासम्मका लागि विद्युत् महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिदिन हानले माग गरेको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *