देश विदेश

कपुरकोट र त्रिवेणीमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइने

शेयर गर्नुहोस्

फागुन ४, सल्ल्यान । सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिकामा बुधबार (भोली) कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । दोश्रो चरणमा प्राथमिकतामा परेका लक्षित समुहलाई कोभिड १९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको दुबै गाउँपालिकाले जनाएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान संगको समन्वय तथा सहयोगमा खोप लगाइने छ ।

कपुरकोट गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकाका सबै जनप्रतिनिधीहरु, गाउँपालिकाका अन्तर्गतकौ कर्मचारी, यस अघि छुटेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरु, नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु र प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरुलाई गाउँ कार्यपालिकाको कार्यालयमा आएर खोप लगाउन अनुरोध गरेको छ ।

दोश्रो चरणमा प्राथमिकतामा परेका लक्षित समूहका ब्यक्तिहरुलाई खोप लगाउने अभियान अन्तर्गत बुधबार कपुरकोटमा पनि खोप लगाउने कार्यक्रम राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । उनका अनुसार औषधि, खोप र खानाको गम्भीर एलर्जी भएका, गर्भवती महिला, ६ महिना सम्म स्तनपान गराइरहेका सुत्केरी महिला, २ महिना भित्रका कोभिड १९ संक्रमीत, रगत नजम्ने समस्या भएका र हाल उच्च ज्वरो आएका ब्यक्तिहरुले खोप हुंदैन ।

बुधबार विहान १०ः३० बजेदेखी लक्षित समुहलाइ कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम भएको हुँदा आ–आफ्नो कार्यालय तथा संस्थाबाट जारी भएको परिचयपत्र वा आधिकारीक पत्रसहित गाउँ कार्यपालिकाको कार्यालयमा उपस्थित भइ खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ ।रासस

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *