देश विदेश

भागरथी हत्या आरोपीलाई पक्राउ गर्न सफल प्रहरीको टाेलीलाई गृहमन्त्री थापाले दिए धन्यवाद

शेयर गर्नुहोस्

काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई गृहमन्त्री रामबहादुर थापा बादलले धन्यवाद दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् ।

‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’
उनले लेखेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *