देश विदेश

आज फागुन ६ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

शेयर गर्नुहोस्

आज वि.सं.२०७७ साल फागुन ६ गते, बिहीबार । सन् २०२१ फेब्रुवरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । षष्ठी तिथि । चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४० र सूर्यास्त बेलुकी ५ः५६ मिनेट

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइबाट पूरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बढी सोचाइले तनाव दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोवारमा सन्तोष मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । प्रियजनसँग भोजनको सुख मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  साथीसंँग छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारी साथ मिल्नेछ । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशिक काममा सफलता मिल्नेछ । सानो यात्रामा अनावस्यक खर्च हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *