देश विदेश

काँग्रेस महाधिवेशन भदौ दोस्रो साता, क्रियाशील सदस्यता छानविन समिति गठन

शेयर गर्नुहोस्

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ ७–१० मा काठमाडौंमा गर्ने निर्णय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महामन्त्री पूर्णबहादुर खड्काद्वारा बुधबारको बैठकमा प्रस्तावित महाधिवेशनको कार्यतालिका र आजको बैठकमा प्रस्तुत गरेको थप प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बुधबार प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ ।

यस्तै गाउँ/नगर वडा अधिवेशन असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गतेका लागि तय गरिएको छ ।

बिहीबारको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ । समितिमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदिप पौडेल, श्याम घिमिरे, योगेन्द्र चौधरी र कल्याण गुरुङ सदस्य छन् ।

बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, बलबहादुर केसी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, शंकर भण्डारी र ईश्वरी न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *