देश विदेश

नासाको अन्तरिक्षयान मंगल ग्रहमा ल्याण्ड गर्नासाथ डा. स्वाती मोहनको टिका चर्चामा

शेयर गर्नुहोस्

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मंगल ग्रह पुग्यो । नासाले १८ फेब्रुअरीमा सफलतापूर्वक पर्सिभरेन्स रोभरलाई मंगल ग्रहमा ल्याण्ड गरायो । यससँगै एक हिन्दू महिला चर्चामा आइन् । भारतीय मूलकी यी वैज्ञानिक स्वाती मोहनको टिका अहिले इन्टरनेटमा चर्चामा छ । स्वाती मोहन नासाको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याबोरेटरीमा काम गर्छिन् ।

स्वाती मोहनले यो अभियान अर्थात मार्स पर्सिभरेन्स रोभर मिशनको गाइडेन्स एण्ड कन्ट्रोल अपरेसन्सको नेतृत्व गरिरहेकी छिन् । नासाको मार्स पर्सिभरेन्स रोभरले मंगलग्रहमा ल्याण्ड गरेपछि यसको जानकारी सबैभन्दा पहिले स्वाती मोहनले नै विश्वलाई दिएकी थिइन् । यो उपलब्धीसँगै उनको टिकाले निकै चर्चा पाएको छ । उनको यो टिकालाई अत्याधुनिक प्रविधिकी ज्ञाता वैज्ञानिकको हिन्दू संस्कारप्रतिको लगावको रुपमा हेरिएको छ । नासाले ल्याण्डिङलगत्तै एक भिडियो जारी गरेको थियो जसमा स्वाती मोहनको निधारमा टिका देखियो र यसको चर्चा चुलियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/228791/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *