देश विदेश

दोहाबाट ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ

शेयर गर्नुहोस्

फागुन ९, काठमाडौँ । सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । आइतबार सर्लाहीको मलंगवा नगरपालिका ३ स्थायी घर भएका ४१ बर्षिय मो.मेराज मिकरानीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आएर कतार एयरवइजको उडानद्वारा दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला थान- ३ (तीन) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनको साथमा फेला पारेको बाला बरामद गरेर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *