देश विदेश

मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

शेयर गर्नुहोस्

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति निकाल्दै मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको छ ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छन् ।

प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । एक टिम भने प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटिएको काठमाडौं महानगरपालिका टिम रहनेछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *