देश विदेश

देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा ‘सनैया’ | देश परदेश

शेयर गर्नुहोस्

उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरु छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन् । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरुको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । यिनै नेपाली युवाहरुलाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो– ‘सनैया’ ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार बर्ष कतारको दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ । कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए । यो किताब उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो ।

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवानी वर्तमान साटिरहेका नेपालीहरुको कथा भन्न सकिन्छ । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो यो पुस्तक । देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो ‘सनैया’ जसले अरबका चोक–चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेका जीवनको कथा पनि हो, ‘सनैया’ । किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलव्ध छ ।

यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ । यसमा पाठकले पिडा र समस्या, आाशु र पसिनामात्र हैन, खुशी, प्रेम र सफलताका असामान्य घट्नाहरु पनि पढ्न पाउने किताव पव्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताइन् । पुस्तक १८ अध्यायमा विभाजित छ जसलाई पढ्दा कुनै आख्यानको दुनियाँमा प्रवेश गरे झैं लाग्ने ढकालद्दारा प्रशित विज्ञप्तीमा जनाइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11892/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *