स्वास्थ्य

फेसबुक पनि बन्न सक्छ डिप्रेसनको कारण

शेयर गर्नुहोस्

एजेन्सी । अहिले हामी सामाजिक सञ्जालमा जोडिएका छौं । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । एकअर्काको हालखबर बुझ्छौं । तर, यतिमा मात्र पनि सीमित छैनौं ।

सामाजिक सञ्जालमा हामी यति लिप्त भएका छौं कि, मानौं त्यही नै हाम्रो संसार हो । त्यही हाम्रो खुसी हो । त्यही नै हाम्रो जीवन हो । जबकी सामाजिक सञ्जालकै कारण हामी धेरै कुरा गुमाउदैछौं ।

यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुर्रुयाइरहेको छ । भनिन्छ, अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल डिप्रेसनको कारक बन्दैछ ।

यसकारण डिप्रेसन

हामीले जस्तो गर्छौ, हामी त्यस्तै हुन्छौ भन्ने भनाई त हामीले धेरै पटक सुनेका छौं । लगातार एकै प्रकारको काम गर्छौ भने त्यसलाई हाम्रो बानी भनिन थाल्छ र हाम्रो बानीले हामी जीवनको कुन गन्तव्यमा पुग्छौं भन्ने कुरा निर्धा्रित गर्छ ।

हाम्रो राम्रो बानीले हामीलाई खुशी, सन्तुष्ट, स्वस्थ र सफल बनाउछ भने नराम्रो बानीले यी सबैको उल्टो असर गर्छ ।
त्यस्ता केही बानी जसले हाम्रो प्रतिकूल ढंगले प्रभावित गर्न सक्छ ।

हामीलाई एक्लोपन र दुःखको बाटोमा डोहोर्रुयाउने गर्छ । सधैं अनलाइन रहने बानी जब हामी दुःखी र तनावग्रस्त महसूस गर्छौ, त्यसैले आफुलाई रिल्याक्स गर्नका लागि प्रायः फेसबुक, इन्स्टाग्राम अथवा व्हाट्सऐप जस्ता सोसल मीडियातर्फ आकषिर्त हुन थाल्छौं ।

यसको प्रयोगले हाम्रो ध्यान तनाव उत्पन्न गराउने कुराहरुबाट हट्छ भन्ने सोचाई धेरैको हुन्छ । तर धेरै सर्वेक्षणका अनुसार सोसल मीडियामा धेरै समय बिताउनाले, अरुको जीवनको रमझम, उनीहरुको रमाइलो र खुशीको तस्वीरहरु र अपडेट्सहरु देखेर तपाई आफ्नो बा“चिरहनु भएको जीवनप्रति झन् दुःखी हुन थाल्नु हुन्छ ।

एउटा अनुसान्धान अनुसार जुन व्यक्ति हप्ताको ७० घण्टा भन्दा बढि समय कम्प्यूटर अथवा मोबाइल हेरेर बिताउने गर्छ, उसलाई डिप्रेशन हुने, निद्रा नलाग्ने र अरुसंगको संवादले झर्को लाग्न थाल्छ । यदि यहि क्रममा धेरै समय अनलाइन हुुनुहुन्छ भने तपाई एक्लोपन र जीवनमा असन्तुष्ट महसुस गर्ने सम्भावना झन बढि हुन्छ । यी सबै डिप्रेसन हुने शुरुआती लक्षणहरु हुन ।

यस्तो स्थितिमा के गर्ने ?

यदि तपाईंलाई कुनै कुराको तनाव भएको छ र ध्यान अन्तै लगाउन चाहानु हुन्छ भने सोसल मिडियाको सहारा लिनु भन्दा किताबहरु पढ्नुहोस् । यस बाहेक भर्चुअल जीवन भन्दा वास्तविक जीवन जिउने कोशिस गर्नुहोस् । यदि तपाईंलाई किताब पढ्दा पनि तनावको महसूस भैइरहेको छ भने कति घुम्न निस्कनुहोस् । कतै बगैचामा घुम्न जाने अथवा साथीभाईहरुसंग भेटघाट गर्नुहोस् ।

यी सबै कुराको एउटा मात्र अर्थ तपाई स्वयं वास्तविक जीवनसंग जोडिनुहोस, यसबाट टाढा नभाग्नुहोस् ।

यो पनि पढ्नुहोस् :

नेपालमा पनि बढ्दै गएको ‘कालो ढुसी’ सङ्क्रमणबारे जान्नै पर्ने कुरा

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *